ad ad

समाज


न्याय परिषद्को बैठक सुरु, तीन दर्जन न्यायाधीश सरुवाको तयारी

न्याय परिषद्को बैठक सुरु, तीन दर्जन न्यायाधीश सरुवाको तयारी

नेपालखबर
साउन १५, २०८१ मंगलबार १४:२४, काठमाडौँ

न्याय परिषद्को बैठक सुरु भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा रामशाहपथस्थित न्याय परिषद् सचिवालयमा बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ।

आजको बैठकले जिल्ला र उच्च अदालतका करिब तीन दर्जन न्यायाधीशको सरुवा गर्ने तयारी रहेको परिषद् स्रोतले जानकारी दिएको छ।

‘अवधि पुगेका न्यायाधीशहरूको सरुवा होला,’ न्याय परिषद्का एक सदस्यले भने, ‘जिल्लाका १०–१२ जना र उच्च अदालतका २०–२५ जनाको सूची तय भएको छ।’

न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने ती सदस्यले बताए। 

सर्वोच्च अदालतमा ४ न्यायाधीश पद खाली छन्। त्यस्तै जिल्ला र उच्च अदालतमा पनि करिब ४५ पद रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .