ad ad

समाज


बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको कारबाही फुकुवा

बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको कारबाही फुकुवा

नेपालखबर
साउन १४, २०८१ सोमबार २१:२८, काठमाडौँ

दक्षिण कोरिया जान लिईने ईपीएस भाषा परीक्षाको आवेदन फारम भर्न पाउनु पर्ने माग गर्दै आन्दोलित युवामाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका दुई प्रहरी माथिको कारबाही फुकुवा भएको छ।

प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतकाे ज्यान गएकाे थियाे।

गत पुस १४ गते जिल्ला प्रहरी परिसरका अप्रेसन इन्चार्ज डीएसपी उमेश लम्साल र तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ असई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको थियो।

डीएसपी लम्सालको निलम्बन फुकुवा भइसकेको गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यले बताए। असई दनुवारको पनि प्रहरी प्रधान कार्यालयले निलम्बन फकुवा गरेको हो।

७ महिनापछि उनीहरुको कारबाही फुकुवा भएकमो हो।

बालकुमारीमा अन्दोलन चर्किरहेका बेला मन्त्री ज्वाला पुगेपछि उनलाई जोगाउने क्रममा प्रहरीले गोलि चलाएको थियो। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो।

घटना लगतै उनीहरुलाई निलम्बन गर्ने निर्णय भएको थियो। अन्य अधिकारीहरुको जिम्मेवारी हेरफेर भए पनि कारबाहीमा परेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .