समाज


पहिरोले बागमती गाउँपालिकामा व्यापक क्षति, काठमाडौँसँगको सडक सञ्जाल विच्छेद

पहिरोले बागमती गाउँपालिकामा व्यापक क्षति, काठमाडौँसँगको सडक सञ्जाल विच्छेद

नेपालखबर
साउन १३, २०८१ आइतबार १४:१५, काठमाडौँ

अविरल वर्षाले ललितपुरको बागमती गाउँपालिकामा व्यापक क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ।

वर्षापछि गएको पहिरोले केही घरमा पुर्‍याएको छ। यस्तै, काठमाडौं जोड्ने सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ।

रातीको भारी वर्षाले अधिकांस खोल्साको बाढी बस्ती पस्दा घरहरु डुबानमा परेका छन्। बागमती गाउँपालिकाका माल्टा, प्युटार, आश्राङ र गिम्दी क्षेत्र बढी प्रभावित भएका छन्। 

सो क्षेत्रका केही घरहरु पहिरोको चपेटामा परेका छन्।

प्रहरी चौकी छपेलीका बरिष्ठ प्रहरी नायब निरिक्षक उद्धव महतका अनुसार कान्ति लोकपथ सडक खण्डका नयाँ गाउँ, पाङदुर गहिरो, टाकुर्चे, माल्टा दोबाटो खण्डमा ठूलो पहिरो खसेको छ।

अहिले सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

अन्य साना पहिरो धेरै ठाउँमा खसेकोले थप विवरण संकलन गर्ने कार्य भइरहेको महतले बताए।

प्रहरी चौकी आश्राङका प्रहरी सहायक निरिक्षक विष्णु तामाङका अनुसार, बागमती गाउँपालिकाका २, ४, ५, ६ र ७ नम्बर वडा बढी प्रभावित भएको छ।

‘ठाउँ ठाउँमा ठूलठूला पहिरो खसेकोले यताका सडक सबै पूर्ण रुपमा बन्द छ,’ तामाङले नेपालखबरसँग भने, ‘मानवीय क्षति भएको छैन तर, ठाउँमा घरमाथिबाट पहिरो खसेकोले बस्न मिल्दैन। खेतीयोग्य बाली लगाएको ठाउँ सबै पहिरोले पुरेको छ। 

‘केही घरमा पहिरोले क्षति पुर्‍याएको छ, हाम्रै प्रहरी चौकी पनि तहस–नहस पारेको छ,’ उनले थपे।

शनिबार बेलुका साढे नौ बजेदेखि साढे २ घण्टा भीषण वर्षा भएको उनले बताए। वर्षाका कारण खोल्साहरुमा बाढी आउँदा स्थानीयहरु रातभर जाग्राम बसेका थिए।

बागमती २ नम्बर वडामा जडान गरिएको लिफ्टिङ सिञ्चाइका पोलहरु पनि बाढीले बगाएको छ।

अहिले सो क्षेत्रमा विद्युत् सेवा पुरै अवरुद्ध छ। सडक सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad