ad ad

समाज


जगदुल्लाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

जगदुल्लाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८१ आइतबार १२:३०, काठमाडौँ

डोल्पाको जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ। गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको हो। 

पलिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार पाठ्यक्रमले स्थानीय वेशभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैलीलगायत विविध पक्षलाई समेटेको छ। 

साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताए। पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .