ad ad

समाज


मौसम बदली र वर्षा, राति कस्तो छ सम्भावना?

मौसम बदली र वर्षा, राति कस्तो छ सम्भावना?

सिन्धुपाल्चोक क्षेत्र


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १८:५७, काठमाडौँ

हाल (शुक्रबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।

अनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस क्रममा राति बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको मौसम महााशखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास छ। सोही कारण मौसम बदली र वर्षा भइरहेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .