गत असार ९ (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ।
शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै आफन्तलाई शव बुझाउन थालिएको हो। पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो।
त्रिवि परिसरमै शव व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, को–पाइलट सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका छन्।
अन्य शवहरू आफन्तहरूको समन्वयमा बुझाइने ती प्रहरी अधिकारीले जानकारी दिए।
दुर्घटनामा १८ जनाको निधन भएको थियो भने एक जना घाइते भएका थिए।



1.4k
Shares

प्रतिक्रिया