ad ad

समाज


कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ९:६, काठमाडौँ

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। 

मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यको सचिवालयले जनाएको छ। 

बिहीबार राति १०:४० बजे वीर अस्पतालमा नकर्मीको निधन भएको उपप्रमुखको सचिवालयका केशव महर्जनले जानकारी दिए।

नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए। उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए। 

उनी नगर प्रमुख निर्वाचित भएपछि मिर्गौलामा समस्या देखिएको थियो। त्यसयता उनले डायलासिस गराउँदै आएका थिए। 

श्रद्धाञ्जलीका लागि आज शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म नकर्मीको शव कीर्तिपुर नगरपालिका परिसरमा राखिने महर्जनले बताए।  

उनका श्रीमती, एक छोरा र एक छोरी छन्। 

वामपन्थीको प्रभाव रहेको कीर्तिपुर नगरपालिकामा पहिलोपटक कांग्रेसको तर्फबाट नकर्मी निर्वाचित भएका थिए। 

उनले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे ४ हजार मतान्तरले पराजित गरेका थिए। नकर्मी २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .