ad ad

समाज


भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, सनाखत हुन बाँकी

भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, सनाखत हुन बाँकी

नेपालखबर
साउन ९, २०८१ बुधबार ११:४५, काठमाडौँ

भक्तपुरमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। 

गएराति भक्तपुर नगरपालिका– ६ डेकोचामा बसको ठक्करबाट पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

भक्तपुरकै व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नम्बर बसले ठक्कर दिँदा उनका मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए। 

‘उनको पहिचान खुल्न बाँकी छ,’ कार्कीले भने। 

ठक्कर दिने बस र त्यसका चालक मकवानपुरको हेटौँडा घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। 

घटनाको थप अनुसन्धान जारी रहेको कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .