ad ad

समाज


सवारी दुर्घटनामा परेर एक वर्षमा साढे २३ सयको गयो ज्यान

सवारी दुर्घटनामा परेर एक वर्षमा साढे २३ सयको गयो ज्यान

नेपालखबर
साउन ७, २०८१ सोमबार १८:२०, काठमाडौँ

नेपालमा सवारी दुर्घटनाका कारण दैनिक ७ जनाको ज्यान जाने गरेको छ। नेपाल प्रहरीले गत आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको हो।

जुनमा दैनिक ९७ वटा दुर्घटना हुने गरेको पाइएको छ। सडक दुर्घटनामा परेर दैनिक ८८ जना घाइते हुने गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। 

गत आर्थिक वर्ष २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा ३५ हजार ४०४ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परेर २ हजार ३६९ जनाको ज्यान गएको छ। 

६ हजार १६० जना गम्भीर घाइते भएको र २५ हजार ९९६ जना सामान्य घाइते भएको पनि प्रहरीको तथ्यांक छ। सवारी दुर्घटनामा १०१ पशु चौपायाको मृत्यु भएको छ।

मोटरसाइकल बढी दुर्घटना
सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको देखिएको छ। गएको आर्थिक वर्षमा दुर्घटनामा परेका मध्ये मोटरसाइकल ५६.४५ प्रतिशत दुर्घटना भएका छन्। 

यो भनेको १९ हजार ९८४ हो। बस ६.१९ प्रतिशत अथवा २ हजार १९३ दुर्घटना हुँदा ट्रक १ हजार ४८६ वटा दुर्घटना भएका छन्। 

४८२ वटा माइक्रो र टिपर ४६६ वटा दुर्घटनामा परेका छन्। ७८३ वटा ट्याक्टर, १ हजार ४८६ वटा ट्यांकर र अन्य १ हजार ५२० वटा सवारी दुर्घटना भएका छन्। 

ट्राफिक कारबाही घट्यो
गएको आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कारबाहीमा पर्ने सवारी साधानको संख्या भने घटेको छ। आर्थिक वर्ष २०७८/०७९ मा १९ लाख ४१ हजार ७५८ वटा सवारी कारबाहीमा परेका थिए। यी कारबाहीबाट ट्राफिक प्रहरीले १ अर्ब ४१ करोड ८९ लाख २६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो। 

तर अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यो संख्या बढेको थियो। २४ लाख ८५ हजार ४९६ वटा सवारी कारबाहीमा परेका थिए। उक्त आर्थिक वर्षमा प्रहरीले ट्राफिक कारबाहीबाट १ अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजश्वस संकलन गरेको थियो। 

तर गएको आर्थिक वर्षमा कारबाही र राजश्वमा कमी आएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २२ लाख ९१ हजार ८१७ वटा सवारी कारबाहीमा परेका छन्। यी कारबाहीबाट प्रहरीले ११ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .