ad ad

समाज


विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

फाइल फोटो


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १९:१९, काठमाडौँ

नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ।
 
पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्। खोजीको क्रममा उद्धार टोलीले शुक्रबारसम्म २४ जनाको शव फेला परेको छ। सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ।
 

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेका दुईवटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन्।

ती मध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .