ad ad

समाज


यस वर्ष सर्वोच्चमा इतिहासमै धेरै मुद्दा फैसला

यस वर्ष सर्वोच्चमा इतिहासमै धेरै मुद्दा फैसला

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ। फाइल तस्बिर।


नेपालखबर
असार ३१, २०८१ सोमबार ९:३५, काठमाडौँ

सर्वोच्च अदालतले यस वर्ष इतिहासमै धेरै मुद्दा किनारा लगाएको छ।

यस आर्थिक वर्षमा १५ हजार मुद्दा फैसला भएको सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले जानकारी दिए। 

उनका अनुसार, गत वर्ष १२ हजार मुद्दा फैसला गरेको सर्वोच्चले यसपालि उल्लेख्य संख्यामा विचाराधीन मुद्दाको चाप घटाएको छ। 
यद्यपि, अझै सर्वोच्चमा २५ हजार ६ सय मुद्दा विचाराधीन छन्।  

यस वर्ष सर्वोच्चमा मुद्दाको लगत ३३ हजारसम्म पुगेको अवस्थामा तीमध्ये १५ हजार मुद्दा फैसला गर्न सक्नु आफैमा एउटा उपलब्धि रहेको उनको भनाइ थियो।

पौडेलका अनुसार, अब सर्वोच्चमा १० वर्ष पुराना मुद्दा ७ वटा मात्रै बाँकी छन्। यस्तै ५ वर्ष नाघेका मुद्दा ३ हजार २ सय छन्।

२ वर्ष नाघेका मुद्दा १० हजारभन्दा माथि छन्। 

लामो समय सर्वोच्च अदालत कोभिड महामारीका अलावा न्यायाधीशहरूबीच आन्तरिक द्वन्द्वको शिकार भएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध बार र बेन्च दुवै बहिष्कारमा उत्रिएका थिए। राणाविरूद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि पनि न्यायालय लामै समय कायममुकायम नेतृत्वका भरमा चल्नुपरेको थियो। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार सम्हालेपछि न्यायालय सामान्य अवस्थामा फर्किएको छ। उनले गत वर्षको भदौमा नेतृत्व सम्हालेका हुन्। सर्वोच्चले अहिले अभियानकै रूपमा पुराना मुद्दा किनारा लगाइरहेको छ।

तर सर्वोच्चमा न्यायाधीश संख्या घट्दै गएको र नयाँ नियुक्त हुन नसकेको कारण न्याय सम्पादनको दर घट्ने चिन्ता न्याय प्रशासनमा देखिन्छ।

यसबारे विस्तृत जानकारी दिन सर्वोच्चले आज पत्रकार सम्मेलन गर्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .