ad ad

समाज


आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइयो (तस्बिरहरू)

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइयो (तस्बिरहरू)

भानु प्रतिष्ठान र नेपाल प्रज्ञाप्रतिष्ठानले शनिबार काठमाडौंमा भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा आयोजना गरेको शोभायात्रा तथा प्रभातफेरी कार्यक्रममा सहभागीहरु। तस्बिरः हरिराम भेटुवाल/रासस


नेपालखबर
असार २९, २०८१ शनिबार ११:४५, काठमाडौँ

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ।
      
नेपाल शिक्षा परिषद्को आयोजनामा शनिबार बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा  प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञाप्रतिष्ठानले शनिबार काठमाडौंमा भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा आयोजना गरेको कार्यक्रममा सहभागी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत। तस्बिरः हरिराम भेटुवाल

भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए। उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे।
      
नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताइन्। विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए।

 भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै कार्यक्रममा सहभागीहरु। तस्बिरः हरिराम भेटुवाल/रासस

विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए।

कार्यक्रममा सभामुख देवराज घिमिरेको समेत उपस्थिति रहेको थियो। रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .