ad ad

समाज


ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार ७:२२, काठमाडौँ

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १:४६ बजे  ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।

‘यो परकम्प होइन, भूकम्प नै हो’, भूकम्पविद् डा. अधिकारीले बुधबार बिहान नेपालखबरसँग भने, ‘तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .