कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन्।
उनले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले अधिकृत दत्तलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनलाई एक लाख रुपैयाँ घुस रकम र स्रोत नखुलेको ५० हजार रुपैयाँसहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज असार २३ गते नियन्त्रणमा लिएको हो।
दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
Shares
प्रतिक्रिया