ad ad

समाज


आज सिन्धुपाल्चोकसहित यी १८ जिल्लामा बाढीको जोखिम

आज सिन्धुपाल्चोकसहित यी १८ जिल्लामा बाढीको जोखिम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार २०, २०८१ बिहिबार १०:३४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्ला र त्यस आसपास बाढीको जोखिम रहेकाले त्यस क्षेत्रका बासिन्दालाई होसियार अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। 

यसैगरी इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालिकोट, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

बाढीको सम्भावनाबारे विस्तृत जानकारी तल-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .