ad ad

समाज


सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण

सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८१ आइतबार ५:३९, दाङ

दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

पालिकाभित्र रहेका आठ  माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका हुन्।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्।

उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन्। विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी थिए .। 

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शंकर मावि खरदरियाबाट ४५ ,  माध्यमिक विद्यालय दुलैयाबाट नौ,  बालकल्याण मावि खंग्रानाकाबाट १० जना एसईई परीक्षामा सहभागी थिए ।   

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशंकर मावि भैसाहीनाकाबाट ९, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसईई दिएका थिए।

यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ। शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए।

‘हामीले शिक्षामा धेरै लगानी गर्‍यौं,’ उनले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौं।’ आठ वटै विद्यालय सामुदायिक हुन्।

३५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .