ad ad

समाज


पछिल्लो २४ घण्टामा पूर्वी जिल्लाका यी ४ स्थानमा भयो धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा पूर्वी जिल्लाका यी ४ स्थानमा भयो धेरै भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८१ मंगलबार १५:१७, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका पूर्वी जिल्लाका ४ स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) दिउँसो ३ बजे दिएको तथ्यांकअनुसार सुनसरीका २, झापाको १ र इलामको १ स्थानमा धेरै भारी वर्षा भएको हो। 

महाशाखाको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सुनसुरीको चतरामा १६५.४ मिलिमिटर वर्षा भएको छ। 

यसपछि झापाको अनारमणि बिर्तामा १४२ मिलिमिटर, सुनसरीको धरान बजारमा ११६.४ मिलिमिटर र इलामको कन्काई मैनाचुलीमा १०६.८ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको तथ्यांकमा उल्लेख छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र सय मिलिमिटरभन्दा माथि, दुई सय मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ।  

उक्त अवधिमा भारी वर्षा त देशका धेरै स्थानमा भएको मौसम महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यसभन्दा सानो वर्षा त देशका अधिकांश स्थानमा भएको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .