ad ad

समाज


ताप्लेजुङमा बाढीले काठेपुल बगायो, तमोरमा जमेको ड्याम बिस्तारै खुल्दै

ताप्लेजुङमा बाढीले काठेपुल बगायो, तमोरमा जमेको ड्याम बिस्तारै खुल्दै

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १३:१०, काठमाडौँ

ताप्लेजुङमा गएरातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण एउटा काठको पुल बगाएको छ। फाक्तालुङ गाउँपालिका–५ मा पर्ने सिवासा खोलामा आएको बाढीका कारण हल्का सवारी साधन समेत चल्ने सो पुल बगाएको हो। 

वडा नम्बर ५ का अध्यक्ष देउप्रसाद लिम्बुका अनुसार, अहिले पानी पर्ने क्रम रोकिएको छ। यद्यपि बेलुकीको पानीले खोलाको सतह केही माथि आउँदा स्थानीयहरू त्रसित भएका छन्। 

अहिलेसम्म कुनै मानवीय क्षती भने नभएको उनले नेपालखबरलाई बताए। ‘मानवीय क्षती छैन, एउटा गाइको बाच्छो बाढीमा परेर मृत्यु भएको जानकारी आएको छ,’ उनले भने।

सोही खोला मिसिएको ठाउँमा तमोर नदी थुनिएको उनले बताए। यद्यपि अहिले खोला विस्तारै खुल्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .