ad ad

समाज


असारको दोस्रो हप्ताभित्र निर्वाचन गर्न ६ पत्रकार संगठनको माग

असारको दोस्रो हप्ताभित्र निर्वाचन गर्न ६ पत्रकार संगठनको माग

नेपालखबर
जेठ २७, २०८१ आइतबार १७:१३, काठमाडौँ

विभिन्न ६ वटा पत्रकार संगठनहरूले आगामी असारको दोस्रो हप्ताभित्र तीनै तहको निर्वाचन सुनिश्चित गर्न नेपाल पत्रकार महासंघसित माग गरेका छन्।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले जेठ ३२ गतेभित्र शुद्धीकरणसहितको मतदाता नामावली र असार दोस्रो साता निर्वाचन गर्न माग गरेका हुन्।

विज्ञप्तिमा पत्रकार महासङ्घले अहिलेसम्म मतदाता नामावली घोषणा नभएको, निर्वाचनको मितिसमेत किटान नगरिएकाले निर्वाचनको सन्दर्भमा अन्यौलता सिर्जना भएको बताइएको छ ।

महाससङ्घ आफैले घोषणा गरेको निर्वाचन मिति जेठ २६ गते चुनाव नहुँदा मूल नेतृत्वको निर्वाचन क्षमतामाथि प्रश्न उठेको बताउँदै भनिएको छ– ‘पत्रकार महासङ्घको निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूको महासङ्घको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेको मात्रै छैन, महासङ्घ नेतृत्वलाई अमूक सङ्गठनको छाया संस्थामा परिणत गर्न चाहान्छ भन्ने प्रमाणित भएको छ।’

विज्ञप्तिमा असार दोस्रो हप्ताभित्र निर्वाचन गर्ने प्रतिबद्धता पूरा गर्न, शुद्धीकरण कार्यदलले दिएको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी मतदाता नामावली टुङ्गो लगाउन, जेठ ३२ गतेभित्र नामावली सार्वजनिक गर्न र पत्रकार महासङ्घको वैधानिकता कायम गर्दै निर्वाचन गर्न माग गरिएको छ।

विज्ञप्तिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाको हस्ताक्षर रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .