सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरबाट प्रहरीले एक थान रिभल्बर बरामद गरेको छ।
स्थानीय दीपक चलाउनेको घर नजिकै ढुङ्गाको चेपबाट १ थान रिभल्बर बरामद गरेको प्रहरीले जनाएको छ।
दीपकले शुक्रबार आफ्नै छोरालाई मादक कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले दीपकलाई १ थान रड, २ थान खुकुरी र १ थान खुर्पा सहित शुक्रबार राति पक्राउ गरेको थियो।
थप अनुसन्धान गर्ने क्रममा निजको घर नजिकै ढुङ्गाको चेपमा लुकाई राखेको अवस्थामा उक्त रिभल्बर प्रहरीले बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
15
Shares
प्रतिक्रिया