ad ad

समाज


मीनलाई धन र मिथुनलाई नोकरीमा लाभ, कन्यालाई झुटा आरोप लाग्ने, तपाईँको भाग्य कस्तो? हेर्नुस् जेठ २२ को राशिफल

मीनलाई धन र मिथुनलाई नोकरीमा लाभ, कन्यालाई झुटा आरोप लाग्ने, तपाईँको भाग्य कस्तो? हेर्नुस् जेठ २२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ २२, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, २२ जेठ २०८१ (४ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेमी/प्रेमिकाको सहयोग प्राप्त हुनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजयी भइनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। अरूको कुभलो नचिताउने।

वृष : सुखदुःख बराबरी खालको दिन छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : लगनशीलताले काम अगाडि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा पनि ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह : भाग्यले विभिन्न अवसर जुराउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ।

भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : अनावश्यक झमेलामा परिएला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : चलाखीपूर्ण बोलीको प्रभावले आँटेको काम पूरा हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : हिम्मत बढ्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा पनि ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : आयव्यय, सुखदुःख बराबरी खालको समय छ। घरव्यवहारबाट टाढै बस्नु होला। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। यात्रा सामान्य रहनेछ। आम्दानीभन्दा खर्च ज्यादा हुन सक्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .