ad ad

समाज


सुनसरीको शिक्षादीप एकेडेमीमा शिक्षकको कुटपिटबाट विद्यार्थी गम्भीर घाइते

सुनसरीको शिक्षादीप एकेडेमीमा शिक्षकको कुटपिटबाट विद्यार्थी गम्भीर घाइते

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १८:२४, काठमाडौँ

सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित शिक्षादीप एकेडेमीका शिक्षकको कुटपिटबाट विद्यार्थी बेहोस भएका छन्। एकेडेमीको कक्षा ९ मा अध्ययनरत १४ वर्षका छात्रलाई गणित शिक्षक पुण्यप्रसाद पोखरेलले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। 

बुधबार गृहकार्य पूरै नगरेको भन्दै शिक्षकले लौराले पिटेर विद्यार्थीलाई बेहोस् बनाएको छात्रका आफन्तले बताएका छन्। छात्र ३ घण्टा बेहोस् भएपछि विद्यालयबाट घर लगिएको थियो। 

उनको हात–खुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अहिले उनको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

कुटपिटमा संलग्न शिक्षक पोखरेललाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको विद्यालयका प्रधानाध्यापक सहदेव काफ्लेले बताए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  

बिहीबार नै बसेको विद्यालयको सञ्चालक समितिको बैठकले शिक्षक पोखरेललाई निस्काशन गरिसकेको पनि काफ्लेले बताए। विद्यार्थीका अविभावकले कुटपिटमा संलग्न शिक्षकलाई कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .