ad ad

समाज


काभ्रेमा एकसाथ ठोक्किए ६ सवारी साधन

काभ्रेमा एकसाथ ठोक्किए ६ सवारी साधन

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ९:२२, काठमाडौँ

काभ्रेको बनेपामा एकै ठाउँमा ६ वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते भएका छन्।

बुधबार साँझ बनेपा ननगरपालिका-१३ साँगाको पुतली रिसोर्ट अगाडि ६ वटा सवारी साधन इकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सुरुमा सडक छेउमा रोकी राखेको बा.प्र.०१००३ क ९९४५ नम्बरको ट्यांकरसँग साँगाबाट बनेपातर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल ठोकिएको थियो। 

लगत्तै सोही ठाउँमा बा.प्र.०२-०४४ प ०५७३ नम्बरको स्कुटरसँगै सोही दिशाबाट आईरहेको बा.७ च ४५३७ नम्बरको कार पनि सोही ट्यांकरमा ठोक्किएका थिए।

त्यसपछि एकपछि अर्को गर्दै बा.प्र.०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा बीएसीओ१२३ नम्बरको कार योद्धा गाडीमा, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक कारमा गई ठोक्किएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ बस्ने वर्ष ४८ को प्रकाश सापकोटा र बाप्र-०२-०४४ प ०५७३ नम्बरको स्कुटरकी चालक बनेपा ५ कि १८ वर्षीया देविना कर्मचार्य घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

घाइतेको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारी साधनमा क्षति भएको श्रेष्ठले जानकारी दिए। 

हेर्नुहाेस् तस्बिरहरु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .