ad ad

समाज


आज धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान, काठमाडौँमा कति?

आज धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान, काठमाडौँमा कति?

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ८:१६, काठमाडौँ

देशभर तापक्रम बढ्दो छ। जसका कारण गर्मीले तराईमा मात्र होइन, कतिपय पहाडी क्षेत्रमा समेत जनजीवन कष्टकर भइरहेको छ। 

आज पनि तापक्रम बढ्ने अवस्थामै देखिएको अनुमान मौसमविद्ले गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाले आज कैलालीको धनगढीमा अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने आकलन गरेको छ।

यसैगरी बाँकेको नेपालगन्जमा पनि आज अधिकतम तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए। 

‘आज र भोलि खासै पानी पर्ने सम्भावना देखिएको छैन, त्यसले गर्दा तापक्रम बढ्ने देखिएको हो’, मौसमविद् अधिकारीले भने, ‘पर्सिबाट चाहिँ बादल बढ्ने सम्भावना रहेकाले केही राहत होला।’

मौसम बदली र वर्षा नहुँदा काठमाडौँ उपत्यकामा पनि तापक्रम बढिरहेको छ। मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ। 

बुधबार पनि सबैभन्दा बढी कैलालीको धनगढीमा अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन भएको छ। यसपछि बाँकेको नेपालगन्जमा ४२.८ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो। 

यस्तै बुधबार काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सिय पुगेको थियो।

आजको अधिकतम अपडेट भने साँझ ५:४५ बजे आउँछ। 

हेर्नुहोस् बुधबारको अधिकतम र न्यूनतम तापक्रम सूची-               

दिपायल (डोटी):  अधिकतम ३९.२, न्यूनतम २१.६ 

डडेल्धुरा:  अधिकतम ३१.४, न्यूनतम १६.२

धनगढी (कैलाली): अधिकतम ४३.३, न्यूनतम २८.४

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३९.७, न्यूनतम २३.७

नेपालगन्ज (बाँके):  अधिकतम ४२.८, न्यूनतम २८.५

जुम्ला:   अधिकतम २९.४,  न्यूनतम १२.२ 

घोराही (दाङ):  अधिकतम ३९.५,   न्यूनतम २५.४ 

पोखरा (कास्की):  अधिकतम ३३.४,  न्यूनतम २१.०

भैरहवा (रुपन्देही):  अधिकतम ३९.७,   न्यूनतम २८.० 

सिमरा (बारा):  अधिकतम ३९.७,  न्यूनतम २७.५ 

काठमाडौँ:  अधिकतम ३३.२, न्यूनतम १९.१ 

ओखलढुंगा: अधिकतम २९.२, न्यूनतम १८.३ 

ताप्लेजुङ:  अधिकतम २८.८, न्यूनतम १८.८  

धनकुटा:  अधिकतम ३२.७,  न्यूनतम २१.४ 

विराटनगर (मोरङ): अधिकतम ३६.६, न्यूनतम २८.८ 

जनकपुर (धनुषा):   अधिकतम ३९.८,  न्यूनतम २९.०  

मुस्ताङ (जोमसोम):  अधिकतम २४.०,  न्यूनतम १२.०

सुनसरी (धरान):  अधिकतम ३६.०,  न्यूनतम २८.०

कास्की (लुम्ले):  अधिकतम २७.०,  न्यूनतम १७.३

दोलखा (जिरी):  अधिकतम २६.३,  न्यूनतम १०.४

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .