ad ad

समाज


काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८१ बुधबार ५:५५, काठमाडौँ

 

ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ।

 टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका-१ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो । उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्यm एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गरे।

कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए। “ट्रेकिङ र हाईकिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्वास्थ्यलाई फाइदा पुग्छ”, नेता केसीले भने।

उनले पर्यटन व्यवसायले राष्ट्रको आयआर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गरे । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उनको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले पर्यटन प्रवर्द्धनमा काठमाडौँको अन्य स्थानको तुलनामा कीर्तिपुर र दक्षिणकाली क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको उल्लेख गरे। दक्षिणकाली र कीर्तिपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टान स्थानीय सरकारसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो।

स्थानीय तहको गठनसँगै विकासका नाममा जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले टानले नयाँ गन्तव्यको खोजीलाई तीव्रता दिएको छ। टानले भर्खरै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका, धादिङको गङ्गाजमुना गाउँपालिका, गोरखा र लमजुङका पाँच स्थानीय तहलाई जोड्नका लागि नयाँ पदमार्ग निर्माण सम्पन्न गरिसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।

‘हाइकिङ’मा बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । टानको स्थापना दिवसका अवसरमा आजै बोसनदेखि चम्पादेवी डाँडासम्म एक सय ५० भन्दा बढी पर्यटन व्यवसायीले हाईकिङ गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .