समाज


सर्लाहीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

सर्लाहीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

नेपालखबर
असार १७, २०७६ मंगलबार ४:१९,

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा छ घाइते भएका छन्। बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोरमा बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी छ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, सोही ठाउँका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन्।

घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad