ad ad

समाज


सिरोहियाको गिरफ्तारीप्रति आईएफजेको ध्यानाकर्षण

सिरोहियाको गिरफ्तारीप्रति आईएफजेको ध्यानाकर्षण

नेपालखबर
जेठ १०, २०८१ बिहिबार २१:४०, काठमाडौँ

पत्रकारहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (आईएफजे) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति चिन्ता जाहेर गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आईएफजेले सिरोहियाको गिरफ्तारी गम्भीर चिन्ताको विषय भएको बताएको छ।

‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा लामिछाने (गृहमन्त्री रवि लामिछाने) ले सहकारी कोषमा बचतमा करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपको विस्तृत रिपोर्टको शृंखलापछि अध्यक्षको गिरफ्तारी भएको हो।’

आईएफजेले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धतालाई सुनिश्चित गर्न आग्रह पनि गरेको छ।

नागरिकतासम्बन्धी उजुरीपछि मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाल धनुषा प्रहरीको हिरासतमा राखिएको छ। अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको अनुमति दिएको छ।

सिरोहियाको गिरफ्तारी गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा समाचार लेखेका कारण भएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .