ad ad

समाज


सिरोहिया पक्राउप्रति संकेत गर्दै अमेरिकाले भन्यो– सार्थक संवाद होस्

सिरोहिया पक्राउप्रति संकेत गर्दै अमेरिकाले भन्यो– सार्थक संवाद होस्

नेपालखबर
जेठ ९, २०८१ बुधबार ११:४६, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति अमेरिकाले सांकेतिक टिप्पणी गरेको छ। 

नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा ‘सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने’ आशा गरेको हो। 

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेहिता र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरु हुन्’, दूतावासको पेजमा भनिएको छ, ‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’

सिरोहियाको नागरिकता नम्बर अर्को व्यक्तिको नम्बरसँग मेल खाएपछि नेपाल प्रहरीले जिल्ला अदालत धनुषाको अनुमतिमा मंगलबार पक्राउ गरेको थियो। उनको नागरिकताविरुद्ध धनुषा प्रहरीमा उजुरी परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .