सप्तरीको खडक नगरपालिका–५ रंजितपुरस्थित सडकमा ना.८ ख २८१६ नम्बरको ट्रकको ठक्करबाट एक साइकलयात्री सोही नगरपालिका–५ खरचुइया बस्ने ६० वर्षीय मखन साहको मृत्यु भएको छ।
शुक्रबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
33
Shares
प्रतिक्रिया