ad ad

समाज


बैंकिङ कसुरमा सात लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुरमा सात लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

नेपालखबर
जेठ ३, २०८१ बिहिबार २०:१७, काठमाडौँ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थायी घर भएका वर्ष ४१ का अजय कुमार चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले ७ लाख जरिवाना, ३ दिन कैद र २८ हजार मात्र क्षतिपूर्ती शुल्क भराउने गरी फैसला भएको थियो।

फरार रहेका उनलाई काठमाडौंको गैह्रीगाँउबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .