ad ad

समाज


यस्तो छ, महाशिवरात्रीको ट्राफिक व्यवस्थापन

यस्तो छ, महाशिवरात्रीको ट्राफिक व्यवस्थापन

नेपालखबर
फागुन ७, २०७६ बुधबार १४:१३,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ। महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीहरुको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको छ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार, एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाईएको छ।

महाशाखा प्रमुख ढकालले शिवरात्री पर्वको अबधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधित समेत गरिने जानकारी दिए।

shivaratri.JPG

दर्शानार्थीको अत्याधिक चाप हुने स्थान गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरिनेछ। त्यसैगरि तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभाबित हुन सक्ने हुनाले गन्तब्यका लागी समयमै निस्कन, वैकल्पिक सडकको प्रयोग गर्न र सडकको ताजा अबस्थाको बारेमा थाहा पाउन मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .