समाज


क्वारेन्टाइनमा राखिएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएन

क्वारेन्टाइनमा राखिएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएन

मणि दाहाल
फागुन ७, २०७६ बुधबार ७:३१,

चीनबाट फर्काइएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ। घाँटी र नाकको स्वाब नमूना परीक्षणबाट उनीहरुमा भाइरस संक्रमणको कुनै पनि लक्षण नभेटिएको हो।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिए। बुधबार पत्रकार सम्मेलनमा सचिव बरालले भने, ‘उहाँहरुको नमूना परीक्षणको रिपोर्टले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण भेटिएन।’

गत आइतबार चीनको वुहानबाट १७५ जना नेपालीलाइ उद्धार गरी नेपाल ल्याइएको थियो। उनीहरुलाइ हाल भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार गत ४, ५ र ६ गते राष्ट्रिय प्रयोगशालामा उनीहरुबाट लिइएको नमूना परीक्षण गरिएको हो।

आइतबार नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरी ल्याइएका १ सय ७५ र चीनका विभिन्न स्थानबाट आफैँ आएका सहित कुल २ सय १० जनाको कोरोना भाइरस संक्रमण रहे÷नरहेको परीक्षण गरिएको थियो। सो क्रममा १ जनामा मात्र संक्रमण देखिएको थियो। उनी पनि स्वस्थ भई केही सातापहिले नै घर फर्किसकेका छन्।

स्वतन्त्र रुपमा चीनबाट आउने यात्रुहरुलाई विमानस्थलमा शरीरको तापक्रम जाँच गरिँदै आएको छ। सो क्रममा कसैमा कोरोनाको केही लक्षण देखिएमा थप परीक्षण गरिन्छ। समग्रमा चीनबाट आउने सबैलाई स्वास्थ्य निगरानीमा राखिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैबीच, गत आइतबार उद्धार गर्ने क्रममा चिनियाँ विमानस्थलमा तापक्रम लगायतको परीक्षणका क्रममा छ जना नेपाली रोकिएका थिए। पछि उनीहरुको परीक्षण गर्दा कोरोनाको कुनै संक्रमण देखिएन। आइतबार चीनमै छुटेका ती ६ जनालाई नेपाल ल्याउनेबारे राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले हालसम्म यसबारे कुनै निर्णय नभएको जानकारी दिए।

याे पनि: 
खरिपाटी क्वारेन्टाइनमा खटिएको यो चिकित्सक टोलीः जब डरलाई आँटले जित्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .