यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
यातायात व्यवस्था विभागको अभिलेख सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आशंकामा शनिबार राति प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो।
भट्ट यातायात व्यवस्था विभागका करार सेवामा कार्यरत इञ्जिनियर हुन्।
ब्युरोले सुरुमा भट्ट र लगत्तै अर्याललाई पक्राउ गरेको हो। छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरेको पाइएको छ।
पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्।
Shares
प्रतिक्रिया