समाज


पोखराका सहकारी पीडितको दाबी: अपचलन भएको रकम राज्यकोषबाट दिने गृहमन्त्रीको आश्वासन छ

पोखराका सहकारी पीडितको दाबी: अपचलन भएको रकम राज्यकोषबाट दिने गृहमन्त्रीको आश्वासन छ

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १२:९, काठमाडौँ

पोखराका सहकारीबाट ठगिएकाहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपचलन भएको रकम राज्यकोषबाट दिलाउने प्रयत्न सरकारबाट भइरहेको दाबी गरेका छन्। 

लामिछाने पनि जोडिएका सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न लामिछानेले मलेसिया सरकारसँग पहल गरिरहेको भनेर जानकारी दिएको पनि बताएका छन्।

सहकारी पीडितहरूले सोमबार पोखरामा निकालेको दबाब जुलुसपछि आयोजित कोणसभामा बोल्दै सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले दुई हप्ताअगाडि मात्र आफूले गृहमन्त्रीसँग भेट गर्दा लामिछानेले अपचलन भएको रकम राज्यकोषबाट आफूहरूले फिर्ता पाउने संकेत पाएको दाबी गरेका हुन्।

‘गृहमन्त्रीज्यूले जीबी राइलाई पक्राउ गर्न पहल गरिहेको छु, मलेसियाको गृहमन्त्री, त्यहाँका परराष्ट्रमन्त्री, सरकारसँग कुरा भइरहेको भन्नुभएको थियो,’ उनले भने, ‘तर, यति समय भयो कुनै काम भएन। सरकार क्षणिकजस्तो लाग्यो। सहकारीको छानबिन हुँदा एउटा सरकार थियो, अहिले अर्को पार्टीको सरकार छ। सहकारीको पैसा अपचलन गरेर भाग्नेलाई राज्यले चाह्यो भने पक्राउ गर्न नसक्ने भन्ने हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .