प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जोशीका बुवा आमासहितका परिवार जनले भेट गरेका हुन्।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताएका छन्।
उनले छिटै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको पनि विपिनका बुवाआमालाई भनेका छन्।
24
Shares
प्रतिक्रिया