ad ad

समाज


ताप्लेजुङको ओलाङ्चुङ्गोला, जहाँ जाँदै छन् एमाले अध्यक्ष ओली

ताप्लेजुङको ओलाङ्चुङ्गोला, जहाँ जाँदै छन् एमाले अध्यक्ष ओली

नेपालखबर
चैत २९, २०८० बिहिबार ७:४९, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छन्। 

पूर्वप्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू त्यहाँ जान लागेको जानकारी दिएका हुन्। 

यस क्रममा उनले त्यहाँको एउटा तस्बिरसमेत सार्वजनिक गर्दै भौगलिक अवस्था र वातावरणबारे संक्षिप्त जानकारी पनि दिएका छन्। 

‘ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ। यो तस्बिर ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको हो। ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन। यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवालगायत जीव छन्’, उनले भनेका छन्, ‘त्यहाँबाट फर्केपछि म तपाईंहरूलाई आफ्नो अनुभूति पनि बताउने छु।’

ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला

उक्त तस्बिरका लागि ओलीले उमेश थापालाई धन्यवाद दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .