ad ad

समाज


कोरोना त्रास : चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

कोरोना त्रास : चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

नेपालखबर
फागुन ५, २०७६ सोमबार ३:१७,

कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी बनेका छन्।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घरबाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैद भएका हुन्।

तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएकाे छ। 

यस्तै त्यहाँ निजी कार प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित छन्।

त्यहाँ आइतबाररसम्म १ हजार ६ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नयाँ कोरोनाभाइरसलाई कोभिड-१९ नाम दिइएको छ। यसकाे सङ्क्रमण भएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .