ad ad

समाज


केही सञ्चालकले प्लटिङ र हाउजिङमा लगानी गर्दा सहकारी बदनाम भए : कानुमन्त्री गिरी

केही सञ्चालकले प्लटिङ र हाउजिङमा लगानी गर्दा सहकारी बदनाम भए : कानुमन्त्री गिरी

तस्बिर : कानुनमन्त्रीको सचिवालय


नेपालखबर
चैत २०, २०८० मंगलबार १६:१५, काठमाडौँ

कानुन न्याय तथा ‌संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानुन बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरूको भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए।

केही सहकारीका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भइरहे पनि त्यो प्रयास असफल हुने उनले बताए।

‘यो कुनै शासनले ल्याएको अभियान होइन। गरिब र सीमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतिका लागि, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो’, उनले भने।  

बेला-बेला सहकारी आन्दोलनमाथि हमला भए पनि डराउनु नपर्ने उनले बताए। ‘सहकारी क्षेत्रका पनि कुनै कमजोरी छन् भने सच्याउनुपर्छ,’ उनले भने। 

सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य  प्रतिबद्ध हुनुपर्ने उनले बताए।

‘सहकारीले मानिसको जीवनमा परिवर्तन ल्याएर देशको समग्र अर्थतन्त्रलाई परिवर्तन गर्नसक्छ । तर यसका सदस्यहरु सुशासनमा प्रतिवद्ध हुनैपर्छ’, मन्त्री गिरीले भने। 

केही सञ्चालकहरूले प्लटिङ, हाउजिङ र ठूला करोबारलगायत नियमविपरीत काम गरेर सहकारी डुबाइरहेका उनले बताए। ‘यस्तालाई कानुनी दायरामा ल्याउनुपर्छ’, गिरीले भने। 

केही समूह जनता भड्काएर अराजकता फैलाउन उद्यत रहेकाले उनीहरूबाट सतर्क हुनुपर्ने मन्त्री गिरीले बताए।

‘केही मानिसहरूले ऋणीलाई ऋण तिर्नुपर्दैन भनेका छन्। ऋण नतिरी बस्नुू सबैभन्दा ठूलो गल्ती हुनेछ’, उनले भने, ‘समयमै ऋण नतिर्दा भोलि ब्याज  हर्जनासमेत तिर्नुपर्ने हुन्छ। यतिबेला ऋण तिर्नुपर्दैन भनेर उकास्नेहरू त्यतिबेला भागिसकेका हुनेछन्। त्यस्तासँग सबै सतर्क हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .