समाज


विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८० मंगलबार १७:२०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। 

अख्तियारले सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो।

चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि उनीहरूले भन्सार प्रणालीबाटै हटाएर अनिमियतता गरेको अख्तियारले जनाएको छ।

सापकोटा र शर्मासमेतले कानुनविपरीत ८४ लाख ५५ हजार ६०५ राजस्व रकम नोक्सान गराएको ठहर अख्तियारले गरेको छ। सापकोटा र शर्माविरुद्ध ८४ लाख रुपैयाँ बिगो कायम गरी त्यति नै जरिवाना गराउन माग गर्दै भ्रष्टाचार मुद्दा चलाइएको हो। 

उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुरजन्य कार्य गरे गराएको पुष्टि भएकाले त्यही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना मागसहित मुद्दा चलाइएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .