समाज


सर्लाहीमा बस र ट्रक ठोक्किँदा १० जना घाइते, ट्रक चालकको अवस्था गम्भीर

सर्लाहीमा बस र ट्रक ठोक्किँदा १० जना घाइते, ट्रक चालकको अवस्था गम्भीर

नेपालखबर
चैत ७, २०८० बुधबार १९:४३, सर्लाही

सर्लाहीको लालबन्दीमा बुधबार साँझ बस र ट्रक आपसमा ठोक्किँदा झण्डै १० जना घाइते भएका छन्। घाइतेमध्ये ट्रक चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ साढे पाँच बजेतिर पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिकास्थित नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ट्रक चालक मकवानपुरको हेटौँडा घर भएका टंकबहादुर गोले गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए। 

‘दुर्घटनामा बसका ९-१० जना यात्रु घाइते भएका छन्,’ केसीले नेपालखबरसँग भने, ‘ट्रक चालकबाहेक सबै यात्रुको अवस्था सामान्य छ। घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।’

ट्रक चालक गोलेलाई नवलपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाराको परवानीपुरमा रहेको एलएस न्युरो अस्पताल लगिएको छ। घाइते सबैको विवरण खुल्न बाँकी रहेको इन्सपेक्टर केसीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .