समाज


धनुषा विस्फाेटका याेजनाकार विप्लव नेता धानुक पक्राउ

धनुषा विस्फाेटका याेजनाकार विप्लव नेता धानुक पक्राउ

शैलेन्द्र महतो
फागुन २, २०७६ शुक्रबार १४:४९,

धनुषामा प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका योजनाकार नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक पक्राउ परेका छन्।

सप्तरीमा पक्राउ परेका धानुकलाई धनुषा ल्याई बिहीवार जिल्ला अदालत धनुषामा ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको धनुषा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार धानुकलाई सरकारी वकिलको सल्लाह अनुसार जिल्ला अदालतमा पेश गरि बयान लिइने छ।

यसअघि उक्त बम काण्डमा पक्राउ परेका ५ जनाएको बयान भइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गत मंसिर २८ गते क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित एक घरमा बम विस्फोट हुँदा घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह, उनका जेठा छोरा १० वर्षीय आनन्दकुमार र सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचार क्रममा मृत्यु भएको थियाे।

विस्फोटबाट राजेश्वरका कान्छा छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad