ad ad

समाज


गृहले गर्‍यो २२ जना सहसचिव र उपसचिवको सरुवा

गृहले गर्‍यो २२ जना सहसचिव र उपसचिवको सरुवा

नेपालखबर
चैत ६, २०८० मंगलबार १२:४५, काठमाडौँ

गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ। 

गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ।

यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। उनको ठाउँमा नरबहादुर थापालाई खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले ११ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि परिवर्तन गरेको छ। संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य,
धनुषमा रामराज कडरियालाई, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशीलाई दार्चुला, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

हेर्नुहोस् सबै सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .