ad ad

समाज


सर्लाही प्रहरीले गोली हानेर दुई भारतीय हतियारधारीलाई पक्रियो

सर्लाही प्रहरीले गोली हानेर दुई भारतीय हतियारधारीलाई पक्रियो

नेपालखबर
चैत ६, २०८० मंगलबार ९:५९, काठमाडौँ

प्रहरीले सर्लाहीबाट दुईजना भारतीय हतियारधारीलाई पक्राउ गरेको छ। 

लुटपाटसहितका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न दुई जना हतियारधारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीले नेपालखबरलाई जानकारी दिए।

उनीहरुलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

भारत बिहार प्रदेशको सीतामढी थाना सैयारा ग्राम सैयारा घर भएका भारतीय नागरिक २८ वर्षीय सन्नी कुमार सिंह र बिहार मोतिहारी गंगापिरा घर भएका २४ वर्षीय जितेन्द्र राउत पक्राउ परेका हुन्।

‘उनीहरुलाई गएराति सर्लाहीको बरहथवा नगरपालिका- ६ मगरटोलस्थित डेराबाट पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा एसपी ज्ञवालीले भने, ‘पक्राउ गरेर राति नै मलंगवा ल्याउने क्रममा सर्लाहीकै बसबरिया गाउँपालिका-६ पोखरियाबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जितेन्द्र राउत घाइतेसमेत भएका छन्।’

घाइते जितेन्द्र राउतलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। 

उनलाई बायाँ घुँडा र दाहिने तिघ्रामा २ राउन्ड गोली लागेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ९ एमएमको यूएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन १ थान, गोली ६ राउन्ड र गाेली फायर भएको खोका एक थान बरामद गरिएको एसपी ज्ञवालीले जानकारी दिए।

उनीहरु नेपाल र भारतमा भएका दर्जनौं अपराधका घटनामा संलग्न रहेको सर्लाही प्रहरीले जनाएको छ। उनीहरुका विषयमा थप अनुसन्धान जारी रहेको एसपी ज्ञवालीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .