ad ad

राजनीति


माओवादी पदाधिकारी बैठकमा पक्राउ परेका महराबारे छलफल

माओवादी पदाधिकारी बैठकमा पक्राउ परेका महराबारे छलफल

नेपालखबर
चैत ६, २०८० मंगलबार १०:१९, काठमाडौँ

आज (मंगलबार) बिहान बसेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराका विषयमा छलफल भएको छ। 

बैठकमा पदाधिकारीहरूले आआफ्ना धारणा राखेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए। 

‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले भने, ‘यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ।’

महरालाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा के कुरा भयो भन्ने पत्रकारको प्रश्नमा सापकोटा भने, ‘विविध कोणबाट छलफल भइरहेको छ । निष्कर्ष आएपछि तपाईंहरुलाई जानकारी गराउँछौँ।’

महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .