ad ad

समाज


लागुऔषध मुद्दामा कुवेतमा पक्राउ परेका रोशन राईलाई नेपाल ल्याइयो

लागुऔषध मुद्दामा कुवेतमा पक्राउ परेका रोशन राईलाई नेपाल ल्याइयो

नेपालखबर
चैत १, २०८० बिहिबार १३:३, काठमाडौँ

लागुऔषध मुद्दामा फरार प्रतिवादी एक युवकलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइएको छ। 

प्रहरीका अनुसार इन्टरपोलमार्फत कुवेतमा पक्राउ परेका इलामको इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राईलाई आज नेपाल ल्याइपुर्‍याइएको हो।  

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी भई एलसीबी कुवेतसँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो। 

प्रहरीका अनुसार इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।

थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागुऔषध कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .