समाज


गुडिरहेको ट्रकमा आगो, कर्णाली पुलमा पनि सल्कियो

गुडिरहेको ट्रकमा आगो, कर्णाली पुलमा पनि सल्कियो

नेपालखबर
फागुन २८, २०८० सोमबार १९:४, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशलाई नेपालको बाँकी भूभागसँग जोड्ने कैलाली र बर्दियाको सीमा चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रक जलेको छ।

लाइटर बोकेको उक्ट ट्रकमा आगलागी हुँदा पुलमा पनि क्षति हुने अवस्था आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बर ट्रकमा आगलागी भएको हो। 

ट्रकमा एक्कासि आगलागी हुँदा उक्त ट्रकबाट आगो पुलमासमेत सल्किएको छ।

अहिले कैलालीको लम्कीचुहा नगरपालिकाको दमकलले आगो निभाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .