नेपालमा पश्चिमी न्यून चापीय प्रणाली (एउटा मौसम प्रणाली) को आंशिक प्रभाव जारी छ। जसका कारण हाल (मंगलबार साँझ) सुदूरपश्चिम प्रदेशका केही भागसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको र बाँकी सफा रहेको अवस्था हो।
यसबाहेक अहिले साँझ देशका बाँकी स्थानको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको २५ प्रतिशत आकाशमा मात्र बादल लाग्नु र बाँकी सफा रहेको अवस्था हो।
मौसम महााशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार साधारणतया बदली भनेको चाहिँ सम्बन्धित क्षेत्रको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादलले ढाकेको अवस्था हो।
महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। रातिलाई वर्षाको सम्भावना भने कतै देखाइएको छैन।
Shares
प्रतिक्रिया