ad ad

समाज


बुटवल-नारायणगढ यात्राः दाउन्नेमा सडक बिग्रँदा यात्रु रातदिन नै सडकमा

बुटवल-नारायणगढ यात्राः दाउन्नेमा सडक बिग्रँदा यात्रु रातदिन नै सडकमा

नेपालखबर
फागुन २१, २०८० सोमबार १८:५६, काठमाडौँ

नाराणगढ-बुटवल सडक खण्डको दाउन्नेमा सडक बिग्रँदा २४ घण्टादेखि राम्रोसँग सडकमा गाडी गुड्न सकेका छैनन्।

आइतबार पानी परेपछि बिग्रिएको सडक सुचारु हुन अझै सकेको छैन। नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम चिनियाँ ठेकेदारले गरिरहेका छन्।

निर्माणमा ढिलासुस्तीले पूर्वपश्चिम राजमार्ग नै खराब अवस्थामा रहेको छ। सडक विभागअन्तर्गत नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका अयोजना प्रमुख शशांक मिश्रले आइतबार रातिको समस्या सोमबार नदोहोरिने दाबी गरे।

‘दाउन्नेको सडकमा धुलो बढी रहेको छ। पानी हाल्नेबित्तिकै हिलो भएर गाडी फस्छन्,’ मिश्रले नेपालखबरसँग भने, ‘१० मिनेट पानी आउँदा धुलो बग्न पाएन। एकै ठाउँ हिलो बन्यो। लोड गाडीका टायर घुमेर फसे।’

सोमबार घाम लागेकाले सडकको अवस्थामा सुधार आइसकेको उनले दाबी गरेका छन्।

फागुनमै गाडी फसेर रातभर यात्रु सडकमै बस्नुपरेको अवस्थामा वर्षातमा बाटो कस्तो हुन्छ भन्ने प्रश्नमा मिश्रले भने, ‘हाम्रो माताहतमा १० किलोमिटर सडक छ। अबको १५–२० दिनमा कालोपत्रे सुरु भई ५ किलोमिटरको काम सकिन्छ। बाँकी ५ किलोमिटर ग्राभेल हुन्छ।’

सडकमा बिग्रिएको अवस्था आउँदा मर्मतकोलागि हेभी इक्युप्मेन्ट राखिसकेकाले सडक यात्रा केही सहज हुने उनले बताए। ‘अहिले पनि सामान्य अवस्था त छैन तर विस्तारै गाडी गुडिरहेका छन्,’ उनले भने,‘पूरै जाम भएर बसेको अवस्था छैन।’

सडक बिग्रिएर जाममै गाडीहरू फसेपछि कतिपय यात्रु आइतबार राती बुटवलतिरै फिर्ता गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .