ad ad

समाज


कर्मचारीले सफाइ पाउँदा ठेकेदार दोषी ठहर, जेल सजायसँगै साढे ३ करोड जरिवाना

कर्मचारीले सफाइ पाउँदा ठेकेदार दोषी ठहर, जेल सजायसँगै साढे ३ करोड जरिवाना

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १७:३६, काठमाडौँ

झापा र मोरङको बीचमा पर्ने मावा खोलामा मापदण्डविपरीत उत्खनन गरेको घटनामा विशेष अदालतले ठेकेदारहरूलाई दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ पुस २०७९ मा दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला दिँदै दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सबइन्जिनियर विवेक कार्कीलाई सफाइ दिएको हो। 

ठेकेदारसँग मिलेर नदीजन्य पदार्थको अवैध उत्खनन गरेर स्थानीय तहको राजस्वमा हानी नोक्सानी पुर्‍याएको भन्दै उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

विशेष अदालतले मावा खोला उत्खननका लागि ठेक्का लिएका किशन एन्ड दृष्टि बिल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीलाई दोषी ठहर गरेको छ। 

विशेषले चौधरीलाई १ वर्ष र उनका प्रतिनिधि रहेका कार्कीलाई ६ महिना जेल सजाय हुने पनि फैसला सुनाएको छ। 

उनीहरूबाट जनही १ करोड ७२ लाख ५ हजार ६ सय ४४ रुपैयाँ जरिवाना तिराउने फैसला पनि विशेषले गरेको छ। 

विशेषबाट सफाइ पाएका कर्मचारीहरूविरुद्ध पनि अख्तियारले ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ २५ पैसा राजस्व नोक्सान गरेको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

उता ठेकेदार कम्पनीले सम्झौताविपरीत बढी नदीजन्य पदार्थ उत्खनन प्रकरणमा ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ बिगो मागसहित मुद्दा चलाएको थियो। 

यो प्रकरणमा कर्मचारीद्वयले सफाइ पाउँदा ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्धको अभियोगमा उनीहरूलाई आंशिक दोषी ठहर गर्दै बिगो असुल्ने फैसला गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .