ad ad

समाज


आज तपाईँको दिन कस्तो रहला? हेर्नुस् भाग्याङ्कसहित फागुन २१ को राशिफल

आज तपाईँको दिन कस्तो रहला? हेर्नुस् भाग्याङ्कसहित फागुन २१ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २१, २०८० सोमबार ४:५१, काठमाडौँ

आज सोमबार, २१ फागुन २०८० (४ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : प्रयत्न निष्फल जस्तै होला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र गरेको कामबाट फाइदा लिन सकिनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ५ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

वृष : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारको लगानीले राम्रै फाइदा देला। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

मिथुन : बोलीको प्रभाव बढ्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६० र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव मान्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट : रमाइलो भेटघाटबाट दीर्घकालीन फाइदा पुग्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ७५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। पूर्व दिशा नजाने।

सिंह : दिन सामान्य रहनेछ। कार्य सम्पादनमा समस्या आउला। प्रतिस्पर्धीसित सतर्क रहँदा राम्रो। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५१, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

कन्या : धार्मिक कार्यमा सरिक हुने सम्भावना छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। मुद्दामामिलामा विजयी भइनेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख पनि मिल्नेछ।

भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। चलाखीपूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८८, व्यापारमा ५२, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

धनु : झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। भ्रमण, खानपान, फेसन र लत्ताकपडामा धन खर्च हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

मकर : शुभ समाचार सुन्न पाइएला। लामो समयदेखि रोकिएका काम सुचारु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कामकाज भने कमजोर नै रहला।

भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७७, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। छलकपट नगर्ने।

मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .